Section 3
झुट्टा विवरण तथा कागजात सहित मनोनयन पत्र पेश गर्न नहुने
(१) कसैले पनि उम्मेदवारी दिँदा झुट्टा विवरण वा कागजात संलग्न गरी मनोनयन पत्र पेश गर्न वा गर्न लगाउन हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।